Error message

  • Deprecated function: implode(): Passing glue string after array is deprecated. Swap the parameters in drupal_get_feeds() (line 394 of /customers/e/a/b/gpfnepal.org/httpd.www/includes/common.inc).
  • Deprecated function: The each() function is deprecated. This message will be suppressed on further calls in menu_set_active_trail() (line 2405 of /customers/e/a/b/gpfnepal.org/httpd.www/includes/menu.inc).

प्रेस विज्ञप्तिः- प्रधानन्यायाधिश कार्कीविरुद्धको महाअभियोग प्रस्ताव अविलम्ब फिर्ता गर्नुपर्छ

 

स्टकहोल्म, १ मे २०१७

 

प्रेस विज्ञप्तिः- प्रधानन्यायाधिश कार्कीविरुद्धको महाअभियोग प्रस्ताव अविलम्ब फिर्ता गर्नुपर्छ

 

नेपालको संसदमा मुलुकका प्रधानन्यायाधिश सुशिला कार्कीविरुद्ध पेश गरिएको महाअभियोगको प्रस्ताव अलोकतान्त्रिक र गैरसंवैधानिक छ। प्रधानन्यायाधिशले गरेको निर्णय चित्त नबुझे सरकारले संसदमा विधेयक पारित गरी नयाँ कानून बनाउन सक्छ। तर सो नगरी कपोलकल्पित आरोपहरू खडा गरी पेश गरिएको महाअभियोगको प्रस्ताव बदनियतपूर्ण छ। स्वतन्त्र न्यायपालिका लोकतन्त्रको उच्चतम आधारशीला हो। त्यसलाई खलल गरेर लोकतन्त्र चल्न सक्दैन।स्वतन्त्र न्यायपालिकालाई आक्रमण गर्ने सरकारको कदमले सरकार स्वयंको वैधानिकतामा प्रश्‍नचिन्ह खडा भएको छ। स्थानीय निर्वाचनको पूर्वसंध्यामा कार्यपालिका र न्यायपालिकावीच श्रृजना गरिएको कृत्रिम विवादले मुलुकलाई अझ गहिरो संकटतर्फ धकेलिरहेको छ। यस्तो अवस्थामा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाका प्रमुखहरूले संयमतापूर्वक शक्ति विभाजन र संतुलनको सिद्धान्तलाई आत्मसात गर्दै लोकतान्त्रिक संविधानवादअनुरुप आचरण गर्नहुन हार्दिक अपिल गर्दछौं। साथै प्रधानन्यायाधिश कार्कीविरुद्ध पेश गरिएको महाअभियोगको प्रस्ताव अविलम्ब फिर्ता लिनहुन हामी सम्बन्धित दलहरूसँग माग गर्दछौं।

 

ग्लोबल पोलिसी फोरम फर नेपाल

Comments

This is comment to above topicyes