Error message

  • Deprecated function: implode(): Passing glue string after array is deprecated. Swap the parameters in drupal_get_feeds() (line 394 of /customers/e/a/b/gpfnepal.org/httpd.www/includes/common.inc).
  • Deprecated function: The each() function is deprecated. This message will be suppressed on further calls in menu_set_active_trail() (line 2405 of /customers/e/a/b/gpfnepal.org/httpd.www/includes/menu.inc).

डा. केसीको गिरफ्तारी निन्दनीय : प्राध्यापक सुवेदी

‘नेपाली न्याया छापामार शैलीको’

लन्डन — ग्लोवल पोलिसी फोरम फर नेपालका अध्यक्ष तथा बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक क्यूसी प्रा. सूर्यप्रसाद सुवेदीले डा. गोविन्द केसीको गिरफ्तारी ‘निन्दनीय’ भन्दै विरोध गरेका छन् । 

सुवेदीले मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै राष्ट्रिय महत्वका विषयमा आफ्ना केही माग राखी शान्तिपूर्ण तरिकाले अनसन बसेका केसीलाई पक्रनुले नेपालको छवि अन्तर्राष्ट्रियस्तरमा धुमिल भएको उल्लेख गरेका छन्। उनले नेपालको न्याय ‘छापामार शैली’को भन्दै चिन्ता समेत व्यक्त गरेका छन्।

‘माओवादी र कांग्रेस गठबन्धनले छापामार शैलीमा रातारात तत्कालीन प्रधानन्यायधीश सुशीला कार्कीलाई निर्लज्ज तरिकाले महाअभियोग लगाएको धेरै समय नबित्दै अहिले सर्वोच्च अदालत आफैंले हतार हतार छापामार शैलीमा केसीलाई गिरफ्तारगर्न आदेश दिनु र प्रहरी प्रशासनले पक्रनु निन्दनीय छ। यसले अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि धुमिल भएको छ’, सुवेदीको वक्तव्यमा छ।